कोरोना संक्रमणबाट विराटनगरमा थप एकको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा थप एकको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बिहान अस्पताल पु¥याइएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको मृत्युपछिको रिपोर्ट पोजेटिभ आएको हो ।

कोशी अस्पतलाका आइसोलेन इन्चार्ज डा. लक्ष्मीनारयण यादवका अनुसार अस्पताल भर्ना गर्ने चरणमै मृत्यु भएको पुरुषको स्वाब संकलनपछिको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

कोशी अस्पतालमा यसअघि कोरोनाबाट संक्रमित भएका ३ जनाको मृत्यु भइसकेको छ । मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ थियो । योसँगै कोशीमा चारजनाको मृत्यु भईसकेको छ भने एक जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मोरङमा मात्रै संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । विराटनगरका ३, रंगेली १ र सुनवर्षीका १ जनाको मृत्यु भईसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्