विराटनगरमा ३२ जना नयाँ संक्रमित थपिए

विराटनगरमा ३२ जना नयाँ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगरमा मात्रै ३२ संक्रमित थपिएका छन् । विराटनगरमा २४ पुरुष र ८ महिलामा संक्रमण पुष्टि भएको हो ।
मोरङमा शुक्रबार ६४ जना संक्रमित थपिएका छन् । जसमा रंगेलीका २३ महिला र ६ पुरुष गरि २९, बुढीगंगामा २ पुरुष र कटहरीमा एक महिलामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३२२ पुगेको हो ।

प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९१० पुगेको छ ।

शुक्रबार १ हजार ६९४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्