रंगेली–७ का २३ जना संक्रमित, विराटनगरमा कुन-कुन वडामा 

रंगेली–७ का २३ जना संक्रमित, विराटनगरमा कुन-कुन वडामा 

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रंगेलीमा शुक्रबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ७ नम्बर वडाका १७ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी दिइएको छ । यसैगरी रंगेलीको ६ नम्बर वडाका ३ जना र ४ नम्बर वडाका २ जना र ५ मा १ जना पुरुष संक्रमित भएका हुन् ।

रंगेलीमा शुक्रबार थपिएका ३२ सहित संक्रमितको संख्या ६३ पुगेको छ । रंगेलीका एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विराटनगरमा शुक्रबार नै थपिएका ३२ संक्रमित मध्ये विराटनगर २ का ५ जना रहेका छन् ।

विराटनगर महानगरपालिका कोभिड शाखाका अनुसार विराटनगर ३ मा २ जना, ५ मा ५ जना, ६ मा १ जना, ७ मा २ जना, ८ मा १ जना, ९ मा ५ जना, १० मा १ जना, ११ मा १ जना, १२ मा १ जना, १३ मा १ जना, १४ मा १ जना, १५ मा १ जनामा संक्रमण पुष्टि भएको छ । विराटनगर मात्रै ठेगाना उल्लेख गरिएका बाँकी छन् ।

विराटनगर–९ का एकजना पुरुषको शुक्रबार मृत्यु भएको छ भने योसँगै विराटनगरमा मृत्यु हुनेको संख्या ३ पुगेको । मोरङको सुनवर्षीका एक पुरुषको यस अगाडी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

विराटनगरस्थित न्यूरो हस्पिटलका २ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । अस्पतलाका प्रशासनतर्फका एक जना पुरूष र सरसफाइ गर्ने एक जना महिलामा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक रन्जितराज बस्नेतले जानकारी दिनुभयो । न्यूरोमा योसँगै संक्रमित संख्या ६ जना पुगेको हो ।

यस्तै मोरङ सहकारी अस्पतलामा १ जना पुरूषमा संक्रमण देखिएको छ । यस अघि मोरङ सहकारीमा एक जना चिकित्सकसहित ५ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्