पाँच दिनमै संक्रमित, जसले समाज जोगाउन दिए सुचना

पाँच दिनमै संक्रमित, जसले समाज जोगाउन दिए सुचना

विराटनगर । पाँचदिन अगाडी गत साउन १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि ढुक्क हुनु भएका डिभिजन वन कार्यालय मोरङका प्रमुख बिशाल घिमिरेको साउन २१ गते गरिएको परीक्षणमा कोरोना भाईरस (कोभिड–१९) रिपोर्ट पोजेटिभ आयो ।

शरिरका जोर्नीहरु दुख्ने र हल्का ज्वरो आएपछि कोशी अस्पताल विराटनगरमा उहाँले स्वाब संकलन गराउनु भएको थियो । त्यसको रिपोर्ट शुक्रबार दिउँसो आउँदा पोजेटिभ देखिएको हो । अचम्ममा छु ! पाँचदिनको अन्तरमा नै कसरी संक्रमित भए ? कहाँबाट स¥यो ? डिभिजन प्रमुख घिमिरेले भन्नुभयो–कुनै शंका नगरे हुन्छ समुदायमा रहेको संक्रमण सबैका शरिरमा होला प्रवेश गरिसक्यो ।

डिभिजन वन कार्यालय प्रमुखले सामाजिक सञ्जाल फेसबुक पेजमा कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ आएको जानकारी दिदैं सबैलाई सचेत रहन आग्रह गर्नु भएको छ । उहाँको फेसबुक पेजको सन्देशपछि टेलिफोनमा गरिएको कुराकारीमा सार्वजानिक पद धारण गरेको व्यक्ति र जनसम्पर्कका काममा हिड्ने गरेका व्यक्तिले संक्रमण भयो भनेर लुकाउने भन्दा पनि प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई तत्काल सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।

कोशीको ल्याबबाट तपाँईको नतिजा राम्रो छैन, पोजेटिभ हुनुहुन्छ भनेपछि त्यसलाई स्वीकार गरें, घिमिरेले भन्नुभयोे–तत्काल घरपरिवार, कार्यालयका कर्मचारी साथीहरु, कार्यालयमा आउनु भएका सेवाग्राही र वनसँग सम्बन्धित सरोकारवालाहरुका लागि सार्वजानिक जानकारी गराउन फेसबुक पेजमा लेखेको छु ।

केहि दिन अघिदेखि म श्रीमती, छोरासहित एकजना कर्मचारीसँगै आफ्नो आवासमा छु, १८ गतेदेखि कम व्यक्तिसँगको भौतिक सम्पर्कमा छु, डिभजिन प्रमुख घिमिरेले फेसबुक पेजमा थप प्रष्ट गर्दै लेख्नु भएको छ । उहाँले साउन १६ गतेपछि आफूलाई संक्रमण भएको हुनुपर्ने अनुमान गर्दै यसबीचमा लामो यात्रा नभएपनि १७ गते वैज्ञानिक वन व्यवस्थापनको अनुगमनका लागि लेटाङ र पथरीमा धेरैजनाको बीचमा जानु परेको उल्लेख गर्नु भएको छ ।

हामीबीच कोरोना समुदायस्तरमै आइसकेको रहेछ, मलाई कसरी कोबाट पो स¥यो पत्ता लगाउन गाह्रो छ, घिमिरेले लेख्नुभएको छ–अब आफ्नो उपचार गर्ने र आफंै सुरक्षित रहने नै उत्तम विकल्प । कोरोनालाई जित्नुपर्छ, तपाई हामी सबैको सुस्वास्थ्यको शुभकामना ! घिमिरेले आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ ।

उहाँले डराएर वा त्रसित भएर भन्दा पनि मनलाई दह्रो बनाएर जित्नका लागि सबैसँग आग्रह गर्नु भएको छ । कार्यालयकै आवासमा १८ गतेपछि दैनिक व्यायम गर्ने, गीत तथा भजनहरु सुनेर दिन कटाउने गरेको उहाँले जानकारी दिनुभयो । मैले विराटनगर महानगरपालिका मेयरसहित सम्बन्धित क्षेत्रका सबैलाई जानकारी गराएको छु, भोलि परिवारसहित मेरो प्रत्यक्ष सम्पर्कमा रहनु हुने कर्मचारी साथीहरुको स्वाब संकलन गर्ने बताउनु भएको छ ।

 

विराटनगरका दुईजना सक्रिय पत्रकार संजीव खनाल र कमल रिमालले पनि आफूलाई कोरोना संक्रमण पुष्टि भएकोले सम्पर्कमा रहेका सबैजनालाई सचेत रहन र परीक्षण गराउनका लागि आग्रह गर्नु भएको छ । पत्रकारिता क्षेत्रमा सक्रिय उहाँहरुले आफुमा संक्रमण पुष्टि भएसँगै सम्पर्कमा आएका अन्यका लागि सहज सुचना उपलब्ध गराउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्