नोबेल अस्पतालको दुई चिकित्सकमा कोरोना पुष्टि

नोबेल अस्पतालको दुई चिकित्सकमा कोरोना पुष्टि

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका दुईजना चिकित्सकमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
अस्पतालको कार्यरत रेसिडेेेेन्ट दुई चिकित्सकमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
उनीहरु दुवैजना शुक्रबारदेखि अस्पतालको आईसोलेशनमा रहेका थिए । अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पुष्टि भएपछि अन्य चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाब संकलन कार्य भईरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
दुवै चिकित्सकमा स्वास्थ्य समस्या देखिएपछि उनीहरुलाई आईसोलेशनमा राखेर स्वाब संकलन गरिएको कोभिड प्रयोगशालाका प्रकाश कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्