रंगेलीमा एक सातामा थपिए ५२ जना कोरोना सङ्क्रमित

<span class='c1'>रंगेलीमा एक सातामा थपिए</span> <span class='c2'>५२ जना कोरोना सङ्क्रमित</span>

रबिन्द्र बराल

रंगेली । मोरङको रंगेली नगरपालिको मुख्य बजार क्षेत्रमा पर्ने वडा नम्बर ७ मा ३८ जना कोराना संक्रमित पुगेका छन् ।
नगर क्षेत्रमा एकसात भित्र ५२ जना संक्रमित पुगेकामा एउटै वडाका ३८ जना रहेका हुन् ।
एउटै घर को १४ जना सङ्क्रमित भेटिएपछि रंगेली कोरोना त्रासमा परेको छ । वडा नम्बर २, ८, ६,५ र ४ मा १४ जना संक्रमित रहेका छन ।
शुक्रबार फेला परेका ३० जनासँगको कन्ट्याक्ट्मा रहेकाहरुको आज तेस्रो चरण को स्वाब सङ्कलन गरिने भएको छ । अहिले सम्म रंगेली नगरपालिकाले एक हजार ४२७ जनाको स्वाब परीक्षण गरेको हो ।
स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डलका अनुसार समुदायमा कोरोना फैलिएको आशंकापछि नगरपालिकाले २५ गतेसम्मका लागि वडा नम्बर ७, ८ र ९ पूर्ण रुपमा सिल गरेको छ । वडा नम्बर १,२,३,४,५,६ मा भने लकडाउन गरिएको छ ।
अहिले बजार क्षेत्रमा सडक सुनसान हुने गरेको छ । केही महिना अगाडि प्रहरी हरुले चोक चोक मा बसेर सर्वसाधारण हरुलाई घर बाट ननिसक्न आग्रह गर्दा समेत बेवास्ता गर्ने स्थानीयहरु अहिले एक साता भित्र ५२ जना सङ्क्रमित फेला परेपछि बजार मा कोरोना त्रास का कारण घर बाहिर निस्कन छाडेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्