मोरङमा ४८ जनासहित प्रदेश १ मा ६१ संक्रमित थपिए

मोरङमा ४८ जनासहित प्रदेश १ मा ६१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शनिबार ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ जिल्लामा ४८, सुनसरीमा १० जना रहेका छन् । त्यस बाहेक ३ जना प्रदेश १ बाहिरका जिल्लाका हुन् ।

विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १ महिला, इनरुवाका २ पुरुष, महोत्तरीका १ महिला १ पुरुष र सप्तरीका १ पुरुष कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजा ३८३ पुगेको छ । प्रदेश १ मा शनिबार १ हजार ५३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्य १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा शनिबारसम्म ५१ हजार ६६६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्