कोरोना संक्रमणका कारण नोबेलको ओपीडी सेवा बन्द

कोरोना संक्रमणका कारण नोबेलको ओपीडी सेवा बन्द

विराटनगर । नोबेल अस्पताल विराटनगरले आइतबारदेखि ओपीडी सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि नोबेलको ओपीडी सेवा बन्द गरिएको हो ।

अस्पतालका निर्देशक डा.राजेश नेपालले शनिबार आकस्मिक तथा अन्तरङ्ग सेवा बाहेकका स्वास्थ्य सेवालाई अर्को सुचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिनु भएको छ ।

नोबेल अस्पतालले अब २४ घण्टा ड्युटी गर्नुपर्ने बाहेकका विभागमा एक पटकमा एकजना मात्रै कन्सल्टयान्ट चिकित्सकबाट राउण्ड गराउने भएको छ । निर्देशक नेपालले सबै विभागलाई तत्काल रोस्टर तयार गरेर दैनिक प्रशासनमा जानकारी गराउन समेत आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्