औषधी व्यवसायी संघ मोरङद्धारा फेस शिल्ड वितरण

औषधी व्यवसायी संघ मोरङद्धारा फेस शिल्ड वितरण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विराटनगरसहित मोरङका विभिन्न क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९ ) संक्रमण बृद्धि भएसँगै औषधी व्यवसायीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर फेस शिल्ड वितरण गर्न थालेको छ ।

संघले शनिबारदेखि पहिलो चरणमा विराटनगरको सीमा क्षेत्र रानीका औषधी व्यवसायी र बढी भिडभाड हुने अस्पताल अगाडीका औषधी पसल संचालन गर्दै आएका व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरुमा पर्ने फेस शिल्ड वितरण गरेको हो ।

विराटनगर लगायत मोरङका विभिन्न स्थानमा कोरोना भाइरस संक्रमण बृद्धि भएसँगै अग्रभागमा खटिने औषधी व्यवसायीहरु संक्रमणको उच्च जोखिममा पर्न थालेपछि संघले त्यसबाट जोगाउने उद्देश्यले फेस शिल्ड वितरण सुरु गरेको संघका उपाध्यक्ष एवं प्रवक्ता देशबन्धु ढकालले जानकारी दिनुभयो ।

कोरोना संक्रमण बढी भएका ठाउँका औषधी व्यवसायीहरुलाई पहिलो प्राथमिकतामा राखेर फेस शिल्ड वितरण कार्य गरिने बताउँदै संघका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले जिल्लाका सम्पूर्ण संघमा आबद्ध सदस्यहरुलाई वितरण गरिने जानकारी दिनुभयो । संघमा जिल्लाका ५ सय ५० जना औषधी व्यवसायीहरु आबद्ध रहेको जनाइएको छ ।

जो संक्रमित भएपनि फेस शिल्डले संक्रमितले खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा सिधै नाक, मुख , आँखामा भाइरस जानबाट बचाउने भएकोले लगाउने गरिन्छ ।
संघले फेस शिल्ड सँगै लकडाउनको समयमा औषधी व्यवसायीहरुलाई सवारी साधन संचालन गर्दा आफ्नो परिचय दिन सहज होस् र चेकजाँचका क्रममा कुनै कठिनाईहरु आए प्रहरी प्रशासनलाईपनि चिन्न सहज होस् भनेर नेपाल औषधी व्यवसायी संघ मोरङ लेखेको स्टिकर समेत वितरण गरेको छ ।

संघले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जत्तिकै अग्रपंतिमा खटिएर औषधीको सहज उपलब्ध गराउँदै आएका विराटनगरका औषधी व्यवसायीहरुको कोरोना संक्रमणको स्वाब परिक्षणकालागि विराटनगर महानगरपालीकासँग आग्रह गरेको छ । त्यस्ते संघले लकडाउनको समयमा मोरङका विभिन्न प्रहरी इकाइहरुमा स्वास्थ्य सामाग्रीहरु मास्क, सेनिटाइजर, ग्लोब्स् र अत्यावश्यक औषधीहरु वितरण गरेको थियो । त्यस्तै नेपाल पत्रकार महासंघ मोरङ शाखा मार्फत पत्रकारहरुलाई, बृद्धाश्रम, अनाथाश्रमहरुमा समेत स्वास्थ्य सामाग्रीहरु सहित खाद्यान्न, औषधीसमेत वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्