विराटनगरका २९ सहित प्रदेशमा ४० जना नयाँ संक्रमित थपिए

विराटनगरका २९ सहित प्रदेशमा ४० जना नयाँ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टाको अवधीमा आइतबार विराटनगर महानगरपालिकामा २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार प्रदेश १ मा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जसमध्ये २७ पुरूष र १३ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिइएको छ ।

विराटनगरमा १९ पुरुष र १० महिलामा संक्रमण देखिएको छ । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २८२ पुगेको छ । त्यसमा ४३ जनाले कोरोनालाई परास्त गरेर घर फर्किसकेका छन् ।

आइतबार झापामा ४ पुरूष र १ महिला गरि ५ जना कोरोना संक्रमण देखिएका छन् । झापाको अर्जुनधारामा २ पुरूष, बाह्रदशी र दमकमा १–१ जनालाई संक्रमण देखिएको छ ।

सुनसरीमा ४ पुरुष २ महिला गरि ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । धरानमा २ पुरूष, १ महिला, इटहरीमा २ जना र बर्जुमा १ पुरूषमा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ एक हजार ४३२ पुगेको छ । संक्रमितमध्ये ५ जनाको मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्