पाँच विधेयक प्रमाणीकरण

पाँच विधेयक प्रमाणीकरण

विराटनगर । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार ५ वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ ।

प्रदेश सभाबाट पारित प्रदेश स्तरमा फर्म दर्ता, नवीकरण तथा अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएका हुन् ।

यस्तै प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं. १ बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं. १ जनस्वास्थ्य सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयकी सूचना अधिकारी रीता खतिवडाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्