विराटनगर–१० का अग्रवालको मृत्यु कोरोनाबाटै

विराटनगर–१० का अग्रवालको मृत्यु कोरोनाबाटै

विराटनगर । दुई अस्पतालको ल्याबको फरक–फरक रिपोर्टले विराटनगर–१० भूमिप्रशासन चौकका सर्वसाधारणलाई आतंकित बनाएको एकजना व्यक्तिको मृत्यु अन्ततः कोरोना संक्रमणकै कारण भएको पुष्टि भएको छ ।

मिर्गौला रोगबाट पीडित ६३ वर्षीय रमेश अग्रवालको शनिबार वीपी प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपछि घरपरिवारले अन्त्येष्टिका लागि विराटनगर लिएर फर्के । भूमिप्रशासन चौकमा रहेको घरमा आफन्तलाई पर्खेर बसेका घरपरिवार र मलामी जानका लागि भेला भएका स्थायीय एकैछिन्मा तितरबितर बनेका थिए ।

धरानमा उपचार गराउन जानु अगाडी कोशीमा बिहीबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तत्काल उपचार गर्नुपर्ने भएर अग्रवाललाई वीपी लगिएको थियो । त्यहाँ स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना नेगेटिभ आएपछि मृत्युपछि घरपरिवारलाई अन्त्येष्टि गर्नका लागि जिम्मा दिएर पठाइएको थियो ।

तर, कोशीको ल्याबले मृतक अग्रवाल कोरोना पोजेटिभ भएको रिपोर्ट महानगरमा पठाएपछि स्वास्थ्य महाशाखाको टोलिसहित विराटनगर वडा प्रहरी कार्यालयको प्रहरीको टोलि त्यहाँ पुगेको थियो । प्रहरीसहितको टोलिले मृतकका आफन्तलाई सोधखोज नगरि किन लिएर आएको, मृतकलाई कोरोना पोजेटिभ छ भनेपछि मलामी जानका लागि भेला भएकाहरु भागाभाग भएका थिए ।

विराटनगर–१० का स्थानीय फडिन्द्र अधिकारीका अनुसार भेलाजम्मा भईसकेका मलामीहरु महानगर र प्रहरीको टोलि पुगेपछि भाग्नुपर्ने बाध्यता आएको हो । विराटनगर–१० का देवु मण्डलले संक्रमण पोजेटिभ आएपनि ल्याबको दोहोरो रिपोर्टका कारण आफन्तले अन्त्येष्टि गरेको बताउनुहुन्छ ।

शनिबार विराटनगरमा अन्तेष्टि गरिएका मृतक अग्रवालको मृत्यु कोरोना पोजेटिभकै कारण भएको प्रदेश सरकारले पुष्टि गरेपछि मलामी जान भेला भएकाहरु भने त्रसित बनेका छन् । सामाजिक विकास मन्त्रालयले आइतबार उनको मृत्यु कोरोनाबाटै भएको तथ्यांक सार्वजानिक गरेको छ ।

योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनको संख्या ६ पुगेको छ । उनीहरु सबै मोरङका हुन् । मृतकमध्ये ४ जना विराटनगरका, १ जना रंगेलीका र १ जना सुनवर्षी घर भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्