प्रदेश १ मा कोभिड–१९ को नियन्त्रणको कार्ययोजना स्वीकृत, आइसोलेसन थपिदैं

प्रदेश १ मा कोभिड–१९ को नियन्त्रणको कार्ययोजना स्वीकृत, आइसोलेसन थपिदैं

प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको क्राइसिस म्यानेजमेन्ट केन्द्रको प्रादेशिक समितिको आज बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।बैठकले कोभिड–१९ को महामारीका कारण दिवङ्गत भएका प्रदेश नं १ लगायत सम्पूर्ण नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका परिवार एवं आफन्तजनप्रति समवेदना प्रकट र सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको लकडाउन खुलेपछि कोभिड–१९ को रोकथाम, प्रतिकार्य र नियन्त्रणसम्बन्धी कार्ययोजना, २०७७ स्वीकृत गरेको, स्थानीय तहसमेतको साझेदारी र सहकार्यमा विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाज, विराटनगर, रङ्गेली नगरपालिका–७ स्थित जनता क्याम्पसको भवन र सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–१ स्थित वि जेनेरल अस्पताल र बराहक्षेत्र नगरपालिकास्थित कृष्णदास आश्रम, चतरामा कोभिड–१९ को सङ्क्रमित लक्षणविहीन व्यक्ति राख्नका लागि क्रमशः ५०, १००, ५० र १०० शय्या क्षमताको आइसोलेशन केन्द्र सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दिनानुदिन वृद्धि भइरहेका सन्दर्भमा प्रदेश सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा एकरएक वटा निजी होटल र निजी अस्पताललाई आइसोलेशन केन्द्र सञ्चालन गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्