विराटनगर–९ को गुद्री बजार क्षेत्र सिल

विराटनगर–९ को गुद्री बजार क्षेत्र सिल

विराटनगर । जिल्ला सुरक्षा समिति मोरङको बैठकले विराटनगर महानगरपालिका वडा नम्बर ९ को आंशिक क्षेत्रमा सिल गरेको छ । आइतबार एकै परिवारका ११ जनासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो ।

गुद्री बजारदेखि पूर्वमा हनुमान मन्दिर (बिप्लट), जलजला मोड, पश्चिम भट्टाचौक, उत्तरमा शनिमन्दिर, दक्षिणमा चुलाचुली मार्ग (ट्राफिक) चौक, दक्षिण–पश्चिम महाबीर चौकसहित गुद्री बजारसँग जोडिने लिंक सडकहरुबाट आवत–जावतमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि प्रहरीले आइतबार राती १० बजेदेखि ७२ घण्टा (तीन दिन)सम्मका लागि गुद्री प्रवेश गर्ने सबै मार्गमा ढाट लगाएको छ । त्यो क्षेत्रका नागरिकलाई बाहिर ननिस्कन सुचना दिईरहेको प्रवक्ता राईले जानकारी दिनुभयो ।

गुद्री बजार क्षेत्रमा मात्रै २५ जना भन्दा धेरै संक्रमित फेला परिसकेको वडा अध्यक्ष विश्वनाथ भगतले बताउनुभयो । विराटनगर–९ गुद्री बजार क्षेत्रका हालसम्म दुईजनाको मृत्यु कोरोना संक्रमणकै कारण भएको हो ।

महानगरको कोभिड शाखाले हालसम्म अद्यावद्यिक गरेको तथ्याङक अनुसार विराटनगरको वडा नं. १ मा १ महिला र २ पुरुष गरि ३ जना, वडा नं. २ मा ९ महिला र ८ पुरुष गरि १७ जना, वडा नं. ३ मा ८ महिला र १० पुरुष गरि १८ जना, वडा नं. ४ मा २ महिला र १० पुरुष गरि १२ जना, वडा नं. ५ मा ६ महिला र १४ पुरुष गरि २० जना तथा वडा नं. ६ मा ११ महिला र १५ पुरुष गरि कुल २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

त्यसैगरि वडा नं. ७ मा ८ महिला र १४ पुरुष गरि २२ जना, वडा नं. ८ मा ४ महिला र ७ पुरुष गरि ११ जना, वडा नं. ९ मा १३ महिला र २९ पुरुष गरि ४२ जना, वडा नं. १० मा ६ महिला र ९ पुरुष गरि १५ जना, वडा नं. ११ मा ७ महिला र ९ पुरुष गरि १६ जना, वडा नं. १३ मा २ महिला र ७ पुरुष गरि ९ जना, वडा नं. १४ मा १ महिला र ५ पुरुष गरि ६ जना, वडा नं. १५ मा ५ महिला र ८ पुरुष गरि १३ जना तथा वडा नं. १७ मा २ महिला र ६ पुरुष गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ जनाको वडा नखुलेको तथा संक्रमितहरु भने कम्तीमा १५ बर्षदेखि बढीमा ६० बर्ष उमेर समुहका रहेको महानगरले जनाएको छ । विराटनगरमा आजसम्म भने निको भई संक्रमणमुक्त हुनेको संख्या ४९ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्