मोरङ अदालतका न्यायधीश पनि संक्रमित, तीनदिन अदालत बन्द

<span class='c1'>मोरङ अदालतका न्यायधीश पनि</span> <span class='c2'>संक्रमित, तीनदिन अदालत बन्द</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षकको सम्पर्क पहिचानमा पर्नु भएका मोरङ अदालतका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  कोशी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा न्यायधिशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अदालतमा सूचना अधिकारी युवराज पौडेलका अनुसार न्यायधिशसहित चारजनाको स्वाब संकलन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षकमा संक्रमण पुष्टि भएपछि उहाँको सम्पर्कका आधारमा अदालतका चारजनाको स्वाब संकलन गरिएको हो ।

न्यायधिशमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि तीन दिनको लागि अदालत बन्द गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

अदालत पूर्ण रूपमा बन्द गरि सेनिटाइज गरिनेछ र सेवाग्राहीका लागि सुरक्षित स्थल बनाएपछि मात्रै अदालतको काम सुचारु हुने भएको छ । नियमित मुद्दाका सुनुवाई स्थगित समेत भएका छन् । जिल्ला अदालत मोरङमा १२० कर्मचारी ४० जना कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्