संक्रमणमुक्त भएर एकहप्तामै घर फर्किए रंगेलीका सात जना

संक्रमणमुक्त भएर एकहप्तामै घर फर्किए रंगेलीका सात जना

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिकामा साउन १९ गते २२ जना कोरोना पोजेटिभ भेटिएकामध्ये ७ जना एक हप्तामै घर फर्किएका छन् ।
संक्रमण पुष्टि भएपछि मोरङको गोठगाउँ स्थित पीयूको आईसोलेशनमा राखिएका उनीहरु सोमबार घर फर्किएका हुन् ।

गोठगाउँमा १३ जनालाई राखिएको थियो । संक्रमणमुक्त भएर घर फर्किएका नागरिक लिन रंगेली नगरपालिकाले एम्बुलेन्स पठाएको थियो । रंगेलीमा हालसम्म एकहजार ३३२ जनाको स्वाब परीक्षण गरिसकिएको छ । संकलन गरिएको स्वाबमध्ये ३०७ जनाको रिपोर्ट आउन बाँकी छ ।

रंगेलीको वडा नम्ब १ र २ मा हालसम्म संक्रमित भेटिएका छैनन् । वडा नम्बर ३ मा १ पुरुष, ४ मा २ पुरुष, ५ मा २ पुरुष, ६ मा २ पुरुष, ७ मा १६ महिला २५ पुरुष, ८ मा ४ महिला ८ पुरुष र ९ मा १ पुरुष संक्रमित रहेका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिनुभयो ।

सोमबार ७ जना घर फर्किएसँगै रंगेली नगरपालिका भर संक्रमितको संख्या ४४ रहेको छ जसमध्ये जनता क्याम्पसको आईसोलेशनमा २९ जना राखिएका छन् । नगरपालिकाको तिरुपति बालाजिको भवनको क्वारेन्टाइनमा ४७ जनालाई राखिएको छ । उनीहरु भारत तथा बाहिरबाट आएकाहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्