नोबेलका दुई चिकित्सकलाई काठमाण्डौं पठाइयो

नोबेलका दुई चिकित्सकलाई काठमाण्डौं पठाइयो

विराटनगर । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजका दुईजना डाक्टरलाई काठमाण्डौं लगिएको छ ।
कोरोनाको लक्षण देखिएपछि गत शुक्रबारदेखि नोबेल मेडिकल कलेजको आईसोलेशनमा रहेका चिकित्सकमध्ये एकजनाको स्वास्थ्य अवस्था गम्भीर भएकोले काठमाण्डौं लगिएको हो ।

शनिबार दुईजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि त्यहाँको आईसोलेशनमा राखिएका उनीहरुमध्ये एकजनाको अवस्था बिग्रदैं गएपछि उपचारका लागि काठमाण्डौं पठाइएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

अवस्था गम्भीर भएका चिकित्सकलाई एम्बुलेन्समा अक्सिजन लगाएरै काठमाण्डौं पठाइएको प्रवन्धक दाहालले जानकारी दिनुभयो । एकै दिन संक्रमित भएका अर्का चिकित्सकलाई समेत सँग पठाइएको हो ।

नोबेल मेडिकल कलेजमा एमडी अध्ययनरत समेत रहेका दुवै चिकित्सक समान उमेर ३२ वर्षका छन् । अस्पतालमा गरिरहेका उनीहरु नोबेलको रेसिडेन्ट चिकित्सक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्