विराटनगर । मेघा बैंक विराटनगरका अप्रेशन इन्चार्जमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर जलजला चौक पूर्व रहेको बैंकको शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बैंकका मेनेन्जर दिपेशजंग थापाका अनुसार ६ जनाको स्वाब संकलन गरिएकोमा पीसीआर परीक्षणमा एकजनामा पोजेटिभ देखिएको जानकारी दिनुभयो । संक्रमित विराटनगर–११ निवासी हुनुहुन्छ ।