विराटनगरमा एकै दिन ५० जनामा संक्रमण, प्रदेश १ भर ९८ जना थपिए

विराटनगरमा एकै दिन ५० जनामा संक्रमण, प्रदेश १ भर ९८ जना थपिए

विराटनगर । विराटनगरमा मंगलबार २१ जना महिला र २९ जना पुरुष गरि ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ भित्र ९८ जनामा कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएकोमा विराटनगरका मात्रै ५० जना रहेका हुन् ।

मंगलबार बिहान २३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस बाहेक दिउँसो २७ जना नयाँ थपिएका हुन् । पछिल्लो २४ घण्टामा विराटनगरमा ५० जना थपिएका छन् ।

यो संख्या विराटनगर महानगर र प्रदेशकै लागि हालसम्मकै उच्च रहेको छ ।

मंगलबार मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २, इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला ५ पुरुष, धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुष , उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५५३ पुगेको छ ।

प्रदेश १ मा मंगलबार एक हजार ६८२ जना पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्