लकडाउनमा उद्योग खोलिएको भन्दै स्थानीयको विरोध, चार गार्मेन्ट बन्द

लकडाउनमा उद्योग खोलिएको भन्दै स्थानीयको विरोध, चार गार्मेन्ट बन्द

विराटनगर । विराटनगरमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा मजदुरलाई भेला गराएर उद्योगमा काम लगाएको भन्दै स्थानीयले विरोध गरेका छन् । विराटनगर १० कुमारी मिल छेउमा रहेको सगुन रेडिमेड उद्योगमा मजदुरलाई काम लगाईरहेको अवस्थामा भेटेपछि स्थानीयले विरोध गरेका हुन् ।


स्थानीयवासीले वडा कार्यालय र प्रहरीलाई खबर गरेर विराटनगर १० भित्रका चारवटा गार्मेन्ट उद्योगको कामकाज रोकिएको छ । उद्योगी कृष्णप्रसाद साहले संचालन गर्दै आएको उद्योगमा विभिन्न स्थानबाट रोजगारीमा आएका मजदुरहरु दैनिक भेला हुँदै आएका थिए ।

स्थानीयले दैनिक आउने मजदुरहरुका कारण स्वास्थ्य सुरक्षा जोखिम भएको गुनासो गरेपछि बन्द गर्न आग्रह गरिएको विराटनगर १० का वडा सदस्य देवु मण्डलले जानकारी दिनुभयो ।

विराटनगर १० मा मंगलबार १ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । लकडाउनमा उद्योग खोलेर मजदुर भेला गराएको गुनासोपछि वडा प्रहरी कार्यालय र वडा कार्यालयको निर्देशनमा विराटनगर १० का ४ वटा ग्रामेन्ट बन्द गरिएको वडा सदस्य मण्डलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्