प्रदेश १ का ५६ हजार नागरिकको पीसीआर परीक्षण, विराटनगरमा ९ हजारको

प्रदेश १ का ५६ हजार नागरिकको पीसीआर परीक्षण, विराटनगरमा ९ हजारको

विराटनगर । प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलबासम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६८० वटा पीसीआर परीक्षण भएको हो ।

प्रदेश १ का १४ जिल्लाको ५६ हजार ४१६ र प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १७४ वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा उहाँले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ हजार ८०७, कोशी अस्पताल विराटनगरले २२ हजार ३५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५२१ वटा पीसीआर परीक्षण गरेको बताउनुभयो । वीपीले दैनिक प्रकाशन गर्ने सुचनामा भने मंगलबारसम्म २० हजार १७५ जनाको पीसीआर परीक्षण भएको उल्लेख गरिएको छ ।

परीक्षण गरिएका मध्ये १ हजार ५६३ को रिपोर्ट पोजेटिभ आएको छ । ५४ हजार ८५३ जनाको रिपोर्ट नेगेटिभ आएको हो । प्रदेश १ मा ८ जनाको मृत्यु भईसकेको छ । प्रदेश १ मा मोरङमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मोरङमा ६५७ जना संक्रमित भएका छन् । मोरङमा १६ हजार ९४२ जनाको पीसीआर परीक्षण गरिएको छ । विराटनगर महानगरपालिका क्षेत्र भित्रका ९ हजार ६८० को परीक्षण भएको निर्देशक यादवको दावी छ । यद्यपी महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले पठाएको ४ हजार १०९ मात्रै पीसीआर परीक्षण गरेको सुचना जारी गरेको छ ।

प्रदेश प्रयोगशाला प्रमुख डा.यादवले महानगरको टोलिले पठाएको ४ हजार १०९ सहित, विराटनगर भित्रका नागरिकको कोशी अस्पतालको बुथमा संकलन भएको १ हजार २००, प्रदेश ल्यावले महानगर क्षेत्रभित्र संकलन गरेको ३ हजार र विराटनगर विभिन्न संघ संस्थाबाट लिईएको नमूना १ हजार ४८० जनाको पीसीआर परीक्षण भईसकेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ मा रहेका तीनवटा प्रयोगशालाले दैनिक १ हजार ५०० स्वाबको परीक्षण गर्न सक्ने क्षमता रहेको बताउनुभयो । झापाको मेची अञ्चल अस्पतालको ल्याव सञ्चालनको तयारीमा रहेको उहाँले बताउनुभयो । मेचीको ल्याव सञ्चालनमा आएपछि परीक्षण क्षमता बढ्ने डा. मेहताले बताउनुभयो ।

प्रदेश प्रयोगशालाका निर्देशक यादवले प्रदेश प्रयोगशाला विराटनगरमा १ हजार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ सय, कोशी अस्पताल विराटनगरमा ८५० स्वाब होल्डमा रहेको जानकारी दिनुभयो । उहाँले दैनिक ७ सय स्वाव होल्डमा हुने गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्