प्रदेशसभाका सदस्य र उहाँको श्रीमानलाई कोरोना संक्रमण

प्रदेशसभाका सदस्य र उहाँको श्रीमानलाई कोरोना संक्रमण

प्रदेश १ प्रदेशसभाका सदस्य कुशुम श्रेष्ठ र उहाँको श्रीमानलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद श्रेष्ठ सुनसरीको इटहरी निवासीलाइ बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश एकमा प्रदेश सभा सदस्यलाइ कोरोना संक्रमण देखिएको पहिलो हो ।
यसअघि विराटनगर निवासी प्रदेश १ का मुख्य न्यायाधीवक्ता चुडामणी आचार्यसहित उहाँको परिवारमा कोरोना संक्रमण पुष्टि भएको थियो । सांसद श्रेष्ठले केही दिन अगाडि ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताउनुभयो । अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उहाँले कोरोनालाई सहज रुपमा लिएर आत्मबल दरिलो बनाई परास्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्