बुढीगंगाका एक पुरुषको कोरोना संक्रमणले मृत्यु

बुढीगंगाका एक पुरुषको कोरोना संक्रमणले मृत्यु

मोरङको वृुढिगंगा गाउपालिकाका एक जना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बुढिगंगाको वडा २ का ५५ वर्षिय उनको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा मृत्यु भएको छ ।

साउन २६ गते ज्वरो आएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका मृतकलाई कारोनाका लक्षण देखिएपछि आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । सोहि क्रममा उनको स्वाब संकलन गरिएको र २७ गते कोरोना सक्रमण पुष्टि भएको प्रतिष्ठानमा प्रवक्ता प्राध्यापक डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
आइसोलेसन उपचारत रहेको अवस्थामा उनको आज विहान १ बजेर २० मिनेटमा उनको मृत्यु भएको प्रवक्ता सापकोटाले वताए ।
यो सँगै कोभिड १९ बाट प्रदेश १ मा मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृत्यु हुने सबै मोरङका हुन् भने प्रदेश राजधानी विराटनगरमा यो संख्या ४ जनाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्