कोरोना कहर: श्री राधाकृष्ण रथयात्राको माहोल शुन्य रहने वर्ष ०७७

कोरोना कहर: श्री राधाकृष्ण रथयात्राको माहोल शुन्य रहने वर्ष ०७७

विराटनगर । तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीदेखि नै मान्छेको भीड लाग्ने गथ्र्याे तर, यो वर्ष शान्त छ ।
मन्दिरको प्रवेशद्धारमा ताला लगाइएको छ । मन्दिर दर्शन गर्न आउने भक्तजन बाहिबाट नै दर्शन गरेर फर्किन्छन् । विश्वनै कोरोना भाइरससँगको लडाई लडिरहेको अवस्थामा मन्दिरभित्र रहेका देवताको मुर्ति साँच्चै मुर्ति नै भएर मौनतामा बसेको छ ।
विश्व महामारीकोरुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ का कारण दक्षिण एशियाकै दोश्रो ऐतिहासिक रथयात्रा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट उही राधाकृष्ण मन्दिरबाट विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको रौनक पनि शुन्य छ ।
अघिल्ला वर्ष भारतको विभिन्न स्थान साथै नेपालको विभिन्न जिल्लाबाट वर्षेनी करिब ३ लाख मानिसहरु रथयात्राको अवलोकन गर्न आउने गरेको राधाकृष्ण मन्दिरका पुजारी गोपाल पौडेलले बताए ।
कोरोना भाइरस संक्रमणका कारण वर्षौदेखिको इतिहास बोकेको राधाकृष्ण रथयात्रा निकाल्न नपाउदा विराटनगरमा रौनक घटेको उनले बताए । उनले भने ‘सधैं मन्दिरमा कृष्ण जन्माष्टमीका दिन, (रथ यात्रा निकाल्ने दिन) पुजापाठ गर्ने भक्तजनहरुको थामिनसक्नु भीड हुन्थ्यो तर भाइरस संक्रमणका कारण मुल प्रवेश द्धारमा नै ताला लगाएकाले मन्दिर पनि शुन्य छ ।’
मन्दिर दर्शनका लागि आउने भक्तजनहरु बाहिरबाट नै पुजा गरेर फर्कने गरेको उनले बताए । उनी भन्छन् ‘कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भएको अवस्था छ, यो साल भगवान बस्ने मन्दिर पनि लकडाउन भएको छ ।’सधैँको वर्ष कृष्ण जन्माष्टमी आउनुभन्दा कर्यौ दिन अगाडी देखि नै पुजारी पौडेलका दम्पती, रथयात्रा व्यवस्थापन समितिका पदाधिकारीहरु खान बस्न फुर्सद नहुने यो साल फुर्सदिलो भएको अनुभव उनले सुनाए ।
उनी थप्छन्, ‘एउटा पुरानो ईतिहास बोकेको धार्मिक रथ यत्रा मेरो पिता पुर्खाले नबेहोरेको यो अवस्था पहिलो चोटी आफुले बेहोर्न पर्यो तर रथयात्रा बिना खल्लो महशुस भएको छ । ’ ‘सायद यो कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न भगवाले पनि सकेनन होला उनले भने ।’
राधाकृष्ण रथयात्रा बिना शुन्य विराटनगर
विराटनगर १० का अजय शाह वर्षेनी कृष्ण जन्माष्टमीका दिन वर्त बस्ने राधाकृष्ण मन्दिरमा आएर पुजा अर्चना गर्ने गरेको भए पनि यो साल मन्दिरको प्रवेशद्धार बाहिरबाट नै मन्दिरको दर्शन गरेर फर्केको बताए ।
‘सधैँ मन्दिर परिसर, विराटनगरका सडक, चोकहरु मान्छेको भिडभाडले विराटनगरमा छुटटै रौनक देखिन्थ्यो तर यो वर्ष कोभिड–१९ का कारण असम्भव छ ।’ उनले भने
साथीभाई मिलेर कृष्ण जन्माष्टमीको दिन १२ बजेसम्म भजन गाँउदै, रमाईलो गर्दै, १२ बजे पछाडी कृष्णको जन्म भएसँगै झुलन झुलाएर भोलिपल्ट (रथ यात्राको दिन) बिहान राधाकृष्ण रथ यात्रामा डोरी तान्न सहभागी हुने उनी यो साल रथ यात्रा बिना बिराटनगर शुन्य रहेको बताउछन् ।
विराटनगर–९ भानु टोलकी नरबदा थपलिया पनि वर्षेनी कृष्ण जन्माष्टमीको दिन राधाकृष्ण मन्दिरमा १२ बजेसम्म भजन कृतन गर्दै बस्ने यो वर्ष शुन्य रहेको बताउछिन् । उनि भन्छिन् ‘सधैँ वर्षेनी कृष्ण जन्माष्टमीको दिन राधाकृष्ण मन्दिरबाट नै रथ यात्रामा सहभागी हुन्थ्यौ यो साल विगतको वर्षलाई सम्झन बाहेक विकल्प छैन, तर रथ यात्रा बिना विराटनगर शुन्य हुने रहेछ ।’
विराटनगरमा समुदायभित्र नै तिव्ररुवपले फैलिएको कोरोना भाइरस संक्रमणका कारण यो साल उनी मन्दिर दर्शन गर्न पनि नगएको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्