विराटनगर साउन २८ ,
विराटनगरको ट्राफिक चोकमा रहेको पुरानो "भोलादाइको चिया पसल" भनेर लोकप्रिय पसलका संचालकमा समेत कोरोना संक्रमण देखिएको छ । खाजा घरका संचालक भोला भट्टराईलाई कोरोना संक्रमण देखिएको हो ।
उनलाई आज संक्रमण देखिएको उनलाई आवर विराटनगरलाई जानकारी दिए साथै उनले आफ्नो सामाजिक संजालमा समेत उनको नजिकमा रहेकालाई कोरोना संक्रमण जाच गराउन अनुरोध गरेका छन् ।
उनको परिवारको चाडै कोरोना परिक्षण गराउने तयारी भइरहेको उनले बताए । उनि हाल घरमा नै आइसोलेशनमा रहेका छन् । उनलाई कुनै लक्षण भने देखिएको छैन ।