सागमा पाकिस्तानले जितेका तीनओटा पदक खोसियो ,खेलाडीले निषेधित पदार्थ सेवन गरेको पुष्टि

<span class='c1'>सागमा पाकिस्तानले जितेका तीनओटा पदक खोसियो</span> <span class='c2'>,खेलाडीले निषेधित पदार्थ सेवन गरेको पुष्टि</span>

नेपालमा गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पाकिस्तानले जितेका तीनओटा पदक खोसिएको छ ।नेपाल ओलम्पिक कमिटीकाअनुसार दशरथ रंगशालामा भएको एथ्लेटिक्सअन्तर्गत् ११० मिटर हडल्समा स्वर्णपदक जितेका मोहमद नइम, ४०० मिटर हडल्समा स्वर्ण जितेका मेहबुब अली र १०० मिटरमा कास्य जितेका सामी उलाहको पदक खोसिएको हो ।

तीनैजनाले प्रतिबन्धित औषधि सेवन गरेको पुष्टि भएकाले पदक खोसिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो ।उहाँले पाकिस्तानीको पदक खोसिएपनि नेपालको भने पदक नबढेको जानकारी दिनुभयो ।ओलम्पिक कमिटीकाअनुसार ‘डोपिङ’मा असफल तीनैजनामाथि सन् २०१९ डिसेम्बर २ देखि लागू हुनेगरी चार वर्षको प्रतिबन्ध लगाइएको छ ।

विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)को नियमानुसार सागमा सहभागी खेलाडीको डोपिङ टेस्ट गरिएको थियो । जसको कतारको राजधानी दोहास्थित एन्टी डोपिङ ल्याबमा परीक्षण गराउँदा तीनजना खेलाडीले निषेधित पदार्थ सेवन गरेको पुष्टि भएको थियो ।

नियमानुसार खेलाडीलाई दोस्रोपटक परीक्षण गराउने अवसर दिइएको थियो । दोस्रोपटक परीक्षण गराउँदा पनि असफल भएपछि उनीहरु कारबाहीमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्