विराटनगर साउन २८ ,
विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रमा बुधबार अपरान्ह एक जनाको मृत्यु भएको छ । मृतक विराटनगर वडा नम्बर ३ का ५७ वर्षिय पुरूष रहेको अस्पतालले जनाएको छ । उनलाई मधुमेह र दम रहेको बुझिएको छ । उनि बिधुत प्राधिकरण बिराटनगरमा प्राबिधिकको रुपमा कार्यरत थिए ।
विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।