विराटनगर साउन २९, विराटनगर-९ मा कोरोना संक्रमितको संख्या बढेपछि उक्त केही क्षेत्रमा ७२ घण्टाको लागि शिल गरि आवतजावत बन्द गरिएको थियो । उक्त समयसीमा आज विहानबाट सकिने भएपनि आज विहान ११ बजेसम्म बढाइको छ । मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार सिसिएमसिको बैठक बसेर उक्त क्षेत्रमा थप शिल गर्ने नगर्नेे भन्ने विषयमा तय हुने भएपछि उक्त बैठकको निर्णय नआउनजेल उक्त क्षेत्र शिल नै रहने आवर विराटनगरलाई जानकारी दिए । उक्त क्षेत्रमा अहिलेपनि प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।