विराटनगरमा नेकपाद्वारा स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण

<span class='c1'>विराटनगरमा नेकपाद्वारा स्वास्थ्य सामग्री</span> <span class='c2'>र घरेलु औषधि वितरण</span>

नेपाल कम्युनिष्ट पार्टी विराटनगर–८ ले बुधबार सङ्क्रमित भएर होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ । सङ्क्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । यसैगरी घरेलु औषधि गुर्जाे, दालचिनी, अदुवा, बेसार वितरण गर्नुका साथै सङ्क्रमित बसेको घरलाई निर्मलीकरण गरिएको उहाँले बताउनुभयो ।

विराटनगर–८ मा १७ जना सङ्क्रमित होमआइसोलेसनमा रहेका छन् भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको वडा सहइञ्चार्ज सरस्वती ओझाले बताउनुभयो । स्वास्थ्य सामग्री र घरेलु औषधि वडाकमिटी सदस्य भुवन राजवंशी, पवित्रा रायलगायतले वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्