उद्घाटनको तीन महिना पश्चात धरानको वीपी कोइराला प्रतिष्ठानमा कोभिड अस्पताल सञ्चालन

<span class='c1'>उद्घाटनको तीन महिना पश्चात धरानको वीपी</span> <span class='c2'>कोइराला प्रतिष्ठानमा कोभिड अस्पताल सञ्चालन</span>

सुनसरी साउन २९  । उद्घाटन गरिएको तीन महिना पश्चात धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालन गरिएको छ ।

सबै तयारी हुँदा समेत सञ्चालन नगरिए पछि कांग्रेस भातृ संगठन, तरुण दल, नेविसंघ र महिला संघले कोभिड अस्पताल तत्काल संचालन गर्न आन्दोलन गरेपछी प्रतिष्ठानले बुधबार रातिदेखि सञ्चालन गरेको हो । प्रर्दशनकारीहरुले प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।

तयारी अवस्थाको कोभिड अस्पताल सञ्चालन नगरी प्रतिष्ठानले धर्मशालामा संक्रमित बिरामीहरुलाई राखेर उपचार गराउँदै आएको थियो । लेभल थ्री कोभिड अस्पतालमा विरामीहरुलाई लगेर उपचार गराउन सुरु गरिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्