नयाँदिल्ली । भारतमा एकै दिन झन्डै ६७ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६६ हजार नौ सय ९९ संक्रमित फेला परेका जनाएको छ ।
मन्त्रालयका अनुसार भारतमा पछिल्लो चौबीस घण्टामा नौ सय ४२ कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयले बिहीबारसम्म ४७ हजार ३३ संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।
भारतमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या २३ लाख ९६ हजार पुगिसकेको छ । -बीबीसी