नोबेल अस्पतालका थप ३ जनामा कोरोना पुष्टि, नोबेलमा संक्रमितको संख्या ७ पुग्यो

नोबेल अस्पतालका थप ३ जनामा कोरोना पुष्टि, नोबेलमा संक्रमितको संख्या ७ पुग्यो

विराटनगर साउन ३० ,

विराटनगरको नोबेल मेडिकल कलेजका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत एक जना डाक्टर , एक नर्स र एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । सबै संक्रमित देखिएकाहरु आइशोलेसनमा रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए  ।

यसअघि नोबेलका ४ जनामा कोरोना पुष्टि भएको थियो । यो रिपोर्ट संगै नोबेलमा संक्रमितको संख्या ७ पुगेको छ ।

अस्पतालमा हालसम्म २२४ जना मेडिकल टिम र कर्मचारीको स्वाब संकलन भएको दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्