विराटनगर । विराटनगर महानगरपालिकामा पछिल्लो १२ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ८ महिला र १७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
शनिबार बिहान थपिएका विराटनगर–१ मा १, विराटनगर ३ मा ५, विराटनगर–५ मा २, विराटनगर–६ मा ५ जना विराटनगर–८ मा १, विराटनगर ९ मा २ जना, विराटनगर ११ मा १ जना , विराटनगर १३ मा १ विराटनगर–१५ मा १, विराटनगर १६ मा ३ र विराटनगर १७ मा २ जना रहेको महानगर कोभिड शाखाले जानकारी दिइएको छ ।
शनिबार बिहान थपिएकासँगै महानगरपालिकामा ४६७ संक्रमित पुगेका छन् । अहिलेसम्म ७६ जना निको भएर घर फर्किएका छन् । महानगरमा हालसम्म ६ जनाको मृत्यु भएको छ ।