विराटनगरमा ४० सहित प्रदेशमा ८६ जना संक्रमित थपिए

<span class='c1'>विराटनगरमा ४० सहित प्रदेशमा</span> <span class='c2'>८६ जना संक्रमित थपिए</span>

विराटनगर । पछिल्लो २४ घण्टाको अवधीमा विराटनगरमा ४० जना संक्रमित थपिएका छन् । विराटनगरमा १९ जना महिला र २१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

शनिबार प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङका ६४, सुनसरीका १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालय अनुसार विराटनगरमा ४० जनासहित मोरङको रंगेलीमा ३ महिला ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, ग्रामथान, सुनबर्षीमा १–१ पुरुष र कानेपोखरीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै सुनसरीको धरानमा २ महिला ९ पुरुष, रामधुनीमा ५ पुरुष, बर्जुमा ३ पुरुष, ते¥हथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शनिबारसम्म कोरोना संक्रमित हुनेको संख्या १ हजार ९०७ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार ९४८ स्वाब नमूनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका नमूनामध्ये ३२ महिला र ५४ पुरुषको रिपोर्ट पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति संयोजक डा.सरोज विशालले जानकारी दिनुभयो ।
प्रदेश १ मा ६४ हजार ५९९ जनाको पीसीआर परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्