विराटनगर साउन ३१ , विराटनगरको नोबेल अस्पतालका थप २ जनामा कोरोना संक्रमण देखिएको छ । आजै विहान मात्रै एक जना नर्समा संक्रमण पुष्टि भएको थियो । थप २ कर्मचारी (एक नर्स र एक कर्मचारी) मा संक्रमित देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यो रिपोर्ट संगै नोबेलमा संक्रमित संख्या १२ पुगेको छ ।