विराटनगरमा संक्रिय संक्रमित ४०६ जना (शनिबार कुन–कुन वडामा थपिए)

<span class='c1'>विराटनगरमा संक्रिय संक्रमित ४०६ जना</span> <span class='c2'>(शनिबार कुन–कुन वडामा थपिए)</span>

विराटनगर । विराटनगर महानगरपालिकामा शनिबार थपिएका ४० जनासहित संक्रमित संख्या ४८२ पुगेको छ ।
महानगर क्षेत्रका ७६ नागरिक संक्रमणमुक्त भएका छन् । बाँकी ४०६ जना संक्रिय संक्रमित अस्पताल, महानगरको आईसोलेशन केन्द्र वा होम आईसोलेशनमा बसिरहेका छन् ।

शनिबार २१ पुरुष र १९ महिलामा संक्रमण पुष्टि भएको हो । जसमध्ये विराटनगरको नोबेल अस्पतालमा कार्यरत नर्स समेत छिन् । नोबेलमा चिकित्सकसहित संक्रमितको संख्या १० जना पुगेको छ ।

शनिबार विराटनगरको वडा नम्बर ३ र ९ मा ७–७ जना, १६ का ४ जना, ६ का ६ जना र ११ का ३ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी विराटनगर १ मा २ जना, २ मा १ जना, ५ मा ३ जना, १७ मा २ जना तथा विराटनगर ८, १०, १३ र १५ मा १–१ जनामा संक्रमण देखिएको महानगर कोभिड शाखाले जानकारी दिइएको छ ।

एक जनाको ठेगाना खुलेको छैन । महानगरमा कोरोनाबाट अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्