पूर्ण लकडाउनमा दमक

<span class='c1'>पूर्ण लकडाउनमा</span> <span class='c2'>दमक</span>

दमक । समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि नगरपालिकालाई विभिन्न माध्यमबाट मानिसहरुको हिड्डुलमा प्रतिबन्ध लगाएर जोखिम कम गर्न दबाब आईरहेका बेला नगरपालिकाले आइतबानरदेखि दमकमा पुर्ण लकडाउन गरेको हो ।

नगरपालिकाले बिहानको समयमा २ घण्टा दूध डेरी, आपतकालीन औषधी लगायतको आपूर्ति बाहेक सबै किसिमको सेवा बन्द गर्ने निर्णय गरेको थियो । लकडाउन कार्यन्वयनको अनुगमनमा बिहानैदेखि सुरक्षा निकयको टोलिसहित सम्बन्धित सरकारी अधिकारीहरु निस्किएका छन् ।

दमक चौक, हाइवे सेतुमारी मार्ग, फाल्गुनन्द चौक, चिया दोकान सहित बजार क्षेत्र बिहानैदेखि सुनसान प्रायः देखिएको छ । पूर्वपश्चिम राजमार्गमा भने आंशिक सवारीसाधन चलिरहेका देखिन्छ्न ।

नगरबासीहरुले दमकमा लकडाउन सँगै कोरोना परीक्षणको दायरा बढाउनु पर्ने, बिरामीको उपचारका लागि आइसोलेसन कक्ष तथा कोभिड उपचार विशेष अस्पतालको ब्यवस्था गर्न माग गरेका छन । दमकमा हालसम्म २१ जनामा संक्रमण पुष्टि भैसकेको छ भने १४ जना उपचार पछि निको भएर घर फर्किसकेका नगरपालिकाका प्रबक्ता गीता अधिकारीले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्