विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर । विराटनगर महानगर क्षेत्रमा पीसीआर परीक्षणका लागि स्वाब संकलनको काम रोकिएको छ ।
महानगरमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य महाशाखाका सबै सदस्य क्वारेन्टीनमा बस्नुपर्ने भएकोले स्वाब कलेक्सन रोकिएको हो ।

महानगरका जनस्वास्थ्य निरीक्षक हैदर अलिका अनुसार अहिले महाशाखा अन्तर्गतको कोभिड शाखा र कन्ट्याक्ट ट्रेसिङ टोलिका २२ जनाको स्वाब कलेक्सन गर्ने काम भईरहेको छ ।

महानगर क्षेत्रमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि सम्पर्क पहिचान र लक्षण देखिएका शंकास्पद संक्रमितको स्वाब कलेक्सनमा खटिएका कर्मचारी नै संक्रमित भएपछि आम नागरिकको स्वाब कलेक्सन समेत रोकिएको हो । स्वाबको पीसीआर परीक्षण रिपोर्ट नआउँदासम्म हामीले काम गर्न सक्ने अवस्था छैन, जनस्वास्थ्य निरीक्षक अलिले भन्नुभयो–तत्काल परीक्षण हुने र रिपोर्ट आएपछि नेगेटिभ देखिएकाहरुले समेत उच्च सावधानीपूर्वक काम गर्नुपर्ने हुन्छ ।

विराटनगर महानगरपालिकामा आइतबार बिहान मात्रै थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरमा संक्रमितको संख्या समेत ५२३ जना पुगेको छ ।
महानगर क्षेत्रमा मृत्यु हुनेको संख्या मात्रै ७ जना पुगेको छ । आइतबार विराटनगर–२ की एक महिलाको वीपीमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्