कोरोना संक्रमण जोखिमका कारण आफन्त नै टाडिएपछि सेनाले अन्त्येष्टि गर्दै

कोरोना संक्रमण जोखिमका कारण आफन्त नै टाडिएपछि सेनाले अन्त्येष्टि गर्दै

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) नेगेटिभ देखिएपनि विराटनगर–३ की ८७ वर्षीया बृद्धाको अन्त्येष्टि गर्न आफन्तले मानेनन् । घर परिवारमा सँगै बस्दै आएका छोरा र बुहारी कोरोना संक्रमित भएका कारण आफ्नै आमाको अन्त्येष्टिमा काठमाण्डौंबाट छोरा आउन सकेनन् भने गाउँ समाजले समेत लास उठाउने साहस गरेनन् ।

शनिबार राती मृत्यु भएपछि आइतबार बिहान स्वाबको रिपोर्ट आएको थियो ।  सँगै बस्दै आएका छोरा र बुहारीमा कोरोना संक्रमण पुष्टि भएका कारण बृद्धा आमाको समेत कोरोनाकै कारण मृत्यु भएको आशंका आफन्तसहित समाजले गरेका हुन् । मृत्युपछि परीक्षण रिपोर्ट नेगेटिभ देखिएपनि कसैले लासको सद्गद्मा आँट गर्न नसकेका हुन् ।

छोरा र डाक्टर पढेका नाति समेतलाई कन्भिन्स गर्न सकेनौं, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले भन्नुभयो–अब उहाँको अन्त्येष्टि नेपाली सेनाले गर्नेछ । मृत्युपछि परीक्षण रिपोर्ट नेगेटिभ देखिएमा आफन्तले लास सद्गद् गर्नुपर्ने हुन्थ्यो, प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो–त्यहि घरका अन्य सदस्य संक्रमित भएका कारण आफन्तसहित समाजले आँट गरेन ।

दुई छोरामध्ये एक छोरा संक्रमित भएपछि गत मंगलबारदेखि आईसोलेशनमा राखिएको छ । काठमाण्डौंमा भएका जेठा छोराले आमाको मृत्यु भएको र रिपोर्ट नेगेटिभ आएको भन्दा पनि सद्गद् गर्न आउने मनसाय राख्नु भएन, प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो–चिकित्सक पढेका नातिलाई हजारौं आग्रह गर्दा पनि डर नै मानेपछि नेपाली सेनाले अन्त्येष्टि गर्नेछ ।

धरानमा शनिबार राती नै विराटनगर–२ निवासी एक महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ । त्यो शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलि जुटेको र शव वहान समेत त्यहि प्रयोग गरिएको छ । त्यहाँको शव व्यवस्थापन गरिसकेपछि मात्रै विराटनगरमा मृत्यु भएकी बृद्धाको लास अन्त्येष्टि हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्