एकैदिन १०३ संक्रमित थपिए, विराटनगरमा ८६ जना

एकैदिन १०३ संक्रमित थपिए, विराटनगरमा ८६ जना

विराटनगर । प्रदेश १ मा आइतबार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष हुन् ।

मोरङमा मात्रै ९२ जनामा संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ३२ महिला र ५४ पुरुष गरि ८६ जनामा संक्रमण पुष्टि भएको हो ।

विराटनगरको वडा नम्बर १ मा २ पुरुष, २ मा २ पुरुष २ महिला गरि ४ जना, ३ मा ४ जना महिला र ५ जना पुरुष गरि ९ जना, ४ मा २ महिला र ३ पुरुष गरि ५ जना, ५ मा ३ महिला र ४ पुरुष गरि ७ जना, ६ मा ७ पुरुष र ४ महिला गरि ११ जना, ८ मा १ महिला र दुई पुरुष गरि ३ जना, ९ मा एक महिला र ५ पुरुष गरि ६ जना, ११ मा ४ महिला र ५ पुरुष गरि ९ जना, १२ मा १ जना पुरुष र १३ मा १ महिला र २ पुरुष गरि ३ जना, १४ मा २ महिला, १५ मा २ महिला र ३ पुरुष गरि ५ जना, १६ मा ३ महिला र १३ पुरुष गरि १६ जना रहेका छन् ।

मोरङकै बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यसैगरी खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्