प्रेम देवान
विराटनगर । विराटनगर ११ जनपथ टोलकी ७७ बर्षीया विष्णुदेवी भगतलाई साउन २० गते हल्का ज्वरो र खोकी लाग्यो । घरमै केहीदिन औषधी खाएर ज्वरो निको भयो । तर श्वासप्रश्वासमा भने समस्या देखियो । उनलाई खाना समेत रुच्न छाडेपछि तत्काल विराटनगर रोडशेषमा रहेको सप्तकोशी अस्पताल लगियो ।
सप्तकोशीमा उपचार संभव नभएपछि विराटनगरको कोशी अस्पताल लान सप्तकोशीले सल्लाह दियो । तत्पश्चात विष्णुदेवीका परिवारले साउन २२ गते कोशी अस्पताल पु¥याए । कोशी अस्पतालका फिजिसियन डाक्टर किरण यादवले विष्णुदेवीको स्वास्थ्य चेकजाँच गरे । उनलाई श्वासप्रश्वास र निमोनिया भएको समस्या देखिएपछि कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरियो । केही समय अघिसम्म ज्वरो र खोकीको लक्षण देखेको कारण कोशीमा लगेको दिन नै पीसीआर परीक्षण गरियो ।
उनको कोशीमा नै पीसीआर चेक गरेका कारण बेलुका नै रिर्पोट आयो । उनको पहिलो पटक पीसीआर रिपोर्ट नेगेटिभ आयो । विष्णुदेवीलाई एक रात त्यहीं कोशीको आईसोलेशनमा राखियो तर स्वास्थ्यमा कुनै सुधार नआएपछि डाक्टर र परिवारको सल्लाह अनुसार मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटल लाने निर्णय भयो ।
उनको फोक्सोमा समस्या देखिएपछि चिकित्सकको सल्लाह बमोजिमले परिवारले विराट मेडिकलमा भर्ना गरे । कोशीबाट विराट मेडिकल लानु अगाडी पुनः एक पटक विष्णुदेवीको पीसीआर चेक गरियो । दोस्रो पटकको रिपोर्ट पनि नेगेटिभ नै आयो ।
कोशी अस्पतालबाट परिवारले साउन २३ गते विराट मेडिकलमा लगेर भर्ना गरेका थिए । हस्पिटल पुर्याउन साथ अस्पतालले पीसीआर चेकको रिपोर्ट माग्यो । नभन्दै परिवारले कोशीमा २ पटकसम्म गरेको नेगेटिभ रिपोर्ट देखाए । अस्पतालले सुरुमा आनाकानी गरेको र रिपोर्ट नेगेटिभ आएको देखेर भर्ना लियो । उनलाई विराट मेडिकल टिचिङ हस्पिटलका डा. पुरु कोईरालाको टोलीले हेरेको थियो ।
विष्णुदेवीलाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखियो । साउन २३ गते राखेको अस्पतालमा दैनिक रगत परीक्षण गराउनु पर्ने अस्पतालले भनेपछि विरामीका आफन्तले पनि त्यही अनुरुप गर्दै गए । अस्पतलामा विष्णुदेवीको स्वास्थ्य सुधार राम्रो हुदै गएको चिकित्सकले विरामीका आफन्तलाई भन्दै गए ।
आईसीयूमा भर्ना भएकी विष्णदेवीलाई अचानक कोरोना पोजेटिभ देखियो !
श्वासप्र्रश्वास र निमोनिया भएका कारण आईसीयूमा भर्ना भएकी ७७ बर्षीया विष्णुदेवीको रिपोर्टमा कोरोना संक्रमण देखायो । साउन २३ गते भर्ना भएको भोली पल्ट नै पीसीआर चेक गर्न अस्पतालले पठाएको थियो । प्रदेश ल्याबमा गरिएको पीसीआरको परीक्षणमा विष्णुदेवीको अचानक कोरोना पोजेटिभ देखियो । उपचारको क्रममा विष्णुदेवीको कोरोना पाजेटिभ देखिदाँ उनका परिवार तीन छक्क परे । दुई पटकसम्म पीसीआर चेक गरेको विरामीमा कसरी कोरोना पोजेटिभ आयो भनेर परिवार मात्र हैन अस्पतालका चिकित्सक पनि छक्क परे । साउन २४ गते अस्पतालले पीसीआरका लागी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब संकलनगरेर पठाएको थियो । तर, उनको साउन ३१ गते शनिबार रिर्पोट पोजेटिभ आएपछि परिवार र अस्पतालमा केही बेर तनाव सिर्जना समेत हुन पुगेको थियो ।
आईसीयूबाटै कोरोना स¥यो : विष्णुदेवीका आफन्त
दुई–दुई पटकसम्म पीसीआर नेगेटिभ आएपछि अचानक आईसीयूमा भर्ना भएकी आमामा कोरोना पोजेटिभ देखिनु अस्पतालको नै मुख्य दोष रहेको विष्णुदेवीका छोरा राजेस भगतले आरोप लगाए । छोरा राजेसले भने, ‘हामीसँग कोशी अस्पतालमा चेकअप गराएको पीसीआर नेगेटिभको प्रमाण अहिले पनि छ तर अस्पतालको लापारबाहीका कारण नै हाम्रो विरामीमा कोरोना संक्रमण भएको हो ।’
उनकी आमा राखिएको आईसीयूु विभागमा कार्यररत नर्स र कर्मचारीमा कोरोना पोजेटिभ भएका कारण हाम्री आमामा कोरोना अस्पतालबाटै सरेको हुनुपर्छ छोरा राजेसले आवर विराटनगर समक्ष गुनासो पोखे ।
अस्पतालमा आमालाई राम्रोसँग भे्टन र हेर्न नदिने बारम्बार औषधी मात्र किन्न लगाउने गरेको परिवारको गुनासो छ । प्रत्येक रात रगत चेकजाँच गर्नुपर्ने भन्दै हरेक रात २८ सय लिने गरेको परिवारले अस्पतालबारे गुनासो पोखे । उपचारको क्रममा आमालाई कोरोना पोजेटिभ देखाउनुको मुख्य कारण अस्पतालको हेलच्याक्राईको कारणले भएको परिवारजनले आरोप लगाएका छन् । विरामी लिएर अस्पताल पुगेका आफन्त भने एउटा अस्पतालले नेगेटिभ देखाउने अनि अर्कोले भने पोजेटिभ देखाउने भएका कारण कुन अस्पताललाई विश्वास गर्ने दोधारमा छन् ।
आईसीयू विभाग सारियो
मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलको आईसीयू विभाग तत्कालका लागी बन्द गरिएको छ । आईसीयू विभागमा रहेका एक विरामी र उक्त विभागमा कार्यरत नर्समा कोरोना संक्रमण देखिएपछि अस्पताल प्रशासनले डिईन्फेक्सन गर्नको लागी केही समयको लागी शिल गरेको अस्पतालले जनाएको छ । हाल आईसीयूमा रहेका विरामीलाई अन्य स्थान्तरण गरी उक्त कक्षलाई सेनिटाईज र डिईन्फेक्सन गर्नको लागी बन्द गरेको हो । साथै आईसीयु कक्षमा रहेका विरामी र त्यहाँ कार्यररत कर्मचारीहरुको पनि स्वाब संकलन गरी पीसीआर चेक जाँचको लागी पठाइएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका ल्याब एण्ड डाईग्नोस्टिक बिभाग प्रमुख प्रवेश राज देवकोटाले जानकारी दिए । साथै हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचरी २ दर्जन बढीको स्वाब संकलन गरिएको देवकोटाले आवर विराटनगरलाई जानकारी गराए ।
विराट टिचिङमा २ जनामा कोरोना संक्रमण
पछिल्लो पटक विराटनगरमा रहेका ठूलो मानिएका सबै हस्पिटलमा कार्यररत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखाउन थालेको छ । यस अघि कोशी अस्पताल, न्यूरो अस्पताल, विराटनगर अस्पताल (विराट नर्सिङ) नोवेल मेडिकल र गोल्डेन अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिसकेको छ । यसै क्रमममा विराट मेडिकल कलेज टिचिङ हस्पिटल पनि कोरोनाबाट अछुतो भने रहने ।
अस्पतालमा कार्यररत २ जनामा कोराना संक्रमण भएको पुष्टि भएको छ । अस्पतलाको आईसीयू कक्षामा कार्यररत एक जना नर्स र सवारी चालकमा कोरोना पुष्टि भएको अस्पतालका प्रशासन प्रमुख सुधिर सिंह राठोरले बताउनुभयो । हाल उनीहरुलाई आइसोलेसनमा राखिएको र संक्रमितसँग कन्ट्याकमा रहेका सबैको स्वाब संकलन गरी परीक्षणको लागी पठाएको राठोरले आवर विराटनगरलाई जानकारी गराए ।
अस्पताल के भन्छ ?
विष्णुदेवी अस्पतालमा भर्ना भएदेखी नै विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका एसोसिएट प्रोफेसर तथा छातिरोग विशेषज्ञ डाक्टर पुरु कोईरालाले हेर्दै आएका थिए । डाक्टर पुरु कोराईराले भने, ‘भर्ना भएको भोली पल्ट नै पीसीआर चेकजाँचको लागि स्वाब संकलन गरेर पठाएका थियौं । कोशीमा गरेको २४ घन्टाको रिपोर्टमा हामीलाई शंका लागेर पुन पीसीआर चेक गर्न पठायौँ, ६ दिनपछि रिपोर्ट आँउदा हामी आफैं अचम्मितमा पर्यौ । हुन त उहाँको स्वास्थ्य अवस्था राम्रै सुधार हुदै जादै थियो , तर छातीमा समस्या देखि नै रह्यो ।
‘परिवारलाई पनि हामीले उहाँको स्वास्थ्य अवस्था बारे जानकारी भने गराई रहेका थियौँ । तर डिस्चार्ज हुने बेलामा भने उहाँको रिपोर्टमा कोरोना पोजेटिभ आउँला भनेर हामीले सोचेका थिएनौ ।’ हामीले तत्काल उहाँको अवस्था हेरेर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसोलेसनमा पठाएका छौं ।
नेगेटिभ आयो भनेर ढुक्क नहुनुहोस्
कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आयो भन्दैमा ढुक्क भएर नबस्न चिकित्सकले सल्लाह दिएका छन् । यस अघि नेपालमा कोरोना मुक्त भएर घर पुगेका संक्रमितको पनि मृत्यु भएको कोरोना पोजेटिभ देखिएका धेरै उदाहरण छन् । त्यसैले कोरोनाको रिपोर्ट नेगेटिभ आएको भनेर ढुक्क भइहाल्न नहुने डाक्टर पुरु कोराईरालले बताए । लक्षण देखिएको सुरुका दिनमा कोरोना नेगेटिभ देखिएता पनि पछि गएर कोरोना पोजेटिभ देखाउन सक्ने कोईरालाको भनाई छ ।