वीपीमा संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु

वीपीमा संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु

विराटनगर : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी पद्धतीबाट कोरोना भाइरसका संक्रमितको उपचार सुरु भएको छ । काठमाडौंपछि पहिलो पटक बीपीमा यो पद्धतीबाट संक्रमितको उपचार सोमबारबाट थालिएको हो ।

धरानका ६८ वर्षीय संक्रमित पुरुषलाई उपचारका क्रममा प्लाज्मा दिइएको छ । साउन ३० गते बीपीको कोभिड–१९ अस्पतालको आइसोलेसनमा भर्ना भएका उनी आईसीयूमा उपचाररतः रहेका थिए । उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ ।

उनको स्वास्थ्य अवस्था जटिल बनेपछि सोमबार राती १० बजेबाट एक घण्टा लगाएर प्लाज्मा दिइएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । एक जना निको भइसकेका संक्रमित पुरुषले उनका लागि प्लाज्मा दिइएको थियो । प्रवक्ता सापकोटाका अनुसार यो पद्धतीबाट उपचार गर्दा निको भइसकेका संक्रमित पुरुषबाट प्लाज्मा लिएर स्वास्थ्य अवस्था गम्भीर बनेका संक्रमितलाई दिने गरिन्छ ।

निको भइसकेका संक्रमितको रगत लिएर सेल र कोषिका छुट्याएर अलग गरेपछि बाँकी रहेको तरल पदार्थ प्लाज्मा हो ।

बीपीमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार सुरु भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेका संक्रमितको उपचारमा थप सहजता हुने विश्वास स्वास्थ्य क्षेत्रका विज्ञहरुले लिइएका छन् । प्लाज्मा थेरापी सफल उपचार पद्धती रहेको बताउँदै प्रवक्ता डा. सापकोटोले यसअघि पनि अरु रोगका बिरामीको प्लाज्मा थेरापीबाट उपचार हुँदै आएकाले यो विधी नौलो नभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्