बुढीगंगाकी एक महिलाको वीपीमा मृत्यु

बुढीगंगाकी एक महिलाको वीपीमा मृत्यु

विराटनगर । मोरङको बुढीगंगा–२ निवासी ६७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंगलबार बिहान २ बजे वीपीको आकस्मिक कक्षमा भर्ना गरिएको बृद्धाको साँझ ५ बजे मृत्यु भएको हो ।

वीपीका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार कोशी अस्पताल विराटनगरको ल्याबले साउन २९ गते दिएको पीसीआर रिपोर्ट नेगेटिभ थियो । त्यसैका आधारमा आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएपछि कोरोनाको लक्षण देखिएकोले वीपीमा समेत पीसीआर परीक्षण गरिएको हो ।

कोशीको रिपोर्टका आधारमा आकस्मिक कक्षमा भर्ना लियौं तर वीपीको रिपोर्टमा पोजेटिभ देखियो, प्रवक्ता डा.सापकोटाले भन्नुभयो–उच्च ज्वरो, निमोनिया र मुटुको समेत समस्या विरामीमा रहेकाले परीक्षण गर्दा पोजेटिभ आयो ।

मृतक महिलाको साउन २७ गते स्वाब संकलन गरेर कोशीमा पीसीआर परीक्षण गर्दा नेगेटिभ आएपछि घरपरिवार तथा नातागोता समेतले स्याहार र सुसाहर गरेर बसेका थिए । तर, स्वास्थ्य गम्भीर बन्दै गएपछि वीपीमा लगेर भर्ना गरेपछि पोजेटिभ आउँदा आफन्तसहित छरछिमेक समेत त्रसित बनेका छन् ।

योसँगै मोरङमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । यस अगाडी बुढीगंगामा एकजनाको मृत्यु भईसकेको छ । विराटनगर महानगरपालिकामा ८, रंगेलीमा १ र सुनवर्षीमा १ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्