वीपीमा धरानकी ७१ वर्षीया महिलाको निधन

वीपीमा धरानकी ७१ वर्षीया महिलाको निधन

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः एकजना कोरोना संक्रमितको निधन भएको छ ।
सुनसरीको धरान–१५ निवासी ७१ वर्षीया महिलाको निधन भएको हो ।

साउन २४ गते वीपी भर्ना हुनु भएकी महिलाको एन्फा क्वारेन्टीनमा २३ गते स्वाब लिइएको थियो । स्वाब परीक्षणमा पोजेटिभ आएपछि अस्पतालमै उपचारतः रहेको अवस्थामा आज ११ः१५ बजे मृत्यु भएको वीपीका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।

दम र मुटुको दिर्घरोगी महिलामा अस्पताल भर्नाकै चरणमा स्वास फेर्न समस्या, खोकी र ज्वरो देखिएको थियो । मृतक महिलाको शव नियमानुसार व्यवस्थापन हुने काम भईरहेको बताइएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । प्रदेश १ मा उपचारका लागि भर्ना भएका प्रदेश २ का ४ जना नागरिकको समेत वीपीमै मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्