केराबारीका अध्यक्ष कार्कीमाथि खुकुरी हान्ने ठकुरी जेल चलान

केराबारीका अध्यक्ष कार्कीमाथि खुकुरी हान्ने ठकुरी जेल चलान

विराटनगर । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खुकुरीे प्रहार गरि घाइते बनाउने आरोपी जेल चलान भएका छन् ।
खुकुरी प्रहार गर्ने केराबारी १० का ३४ वर्षीय भाले भनेर चिनिने भवन ठकुरीलाई जिल्ला अदालत मोरङले पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजालशले ठकुरीलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश मंगलबार गरेको थियो । अदालतको आदेशपछि ठकुरी विराटनगरस्थित मोरङ कारागार चलान भएको अदालतका निमिक्त श्रेस्तेदार युवराज पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले लगाउने पटके करको ठेक्का नपाएको भन्दै ठकुरीले अध्यक्ष कार्कीमाथि साउन २ गते गाउँपालिको उपाध्यक्ष शान्तकुमारी लिम्बु भुजेलको कार्यकक्षमै चक्कु र खुकुरी प्रहार गरि घाइते बनाएका थिए ।
ठकुरी खदम कन्स्ट्रक्सनसँग आवद्ध छन् । आर्थिक वर्ष २०७६÷०७७ असार मसान्तसम्म पटके सवारी कर उठाउने ठेक्का ठकुरी आवद्ध भएको खदम कन्स्ट्रक्यसनले पाएको थियो ।

असार १२ गते उक्त ठेक्का केरावारी गाउँपालिका आफैले गर्ने सूचना पनि प्रकाशित गरेको थियो । साउन १ गतेबाट ठकुरीकोे ठेक्का सम्झौता सकिएपश्चात गाउँपालिकाले आफैले पटके कर उठाउन थालेको थियो । लकडाउनका कारण सवारी साधन चल्न नपाएको भन्दै ठेक्का घाटामा गएकोले पुनः ठेक्काको म्याद थप गरिदिनुपर्ने ठकुरीले माग राखेका थिए ।

गाउँपालिकाले सो ठेक्का ठकुरी आवद्ध भएको कन्ट्रक्सनलाई नदिर आफै गाउँपालिकाले कर उठाएको भन्दै अध्यक्ष कार्कीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ । आरोपी ठकुरी गाउँपालिका अध्यक्ष कार्कीकै समर्थनमा हिड्ने काँग्रेसका कार्यकर्ता समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्