लकडाउनको बेला भारतबाट खसीबोका ल्याउने महिला प्रहरीको नियन्त्रणमा

लकडाउनको बेला भारतबाट खसीबोका ल्याउने महिला प्रहरीको नियन्त्रणमा

विराटनगर । लकडाउनको समयमा अवैध बाटो हुँदै भारतबाट खसी–बोका लुकाईछिपाई ल्याउँदै गर्दा प्रहरी माथी बलजस्ती गर्दै गालीगलौज गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जोगबनीबाट रानीको ईस्लामपुर हुँदै विराटनगर महानगरपालिाी १७ मटेरुवा चौकमा प्रहरीले चेकजाँच गर्ने क्रममा विराटनगर १५ निवासी ४७ वर्षीया कमलीदेवी यादवलाई नियन्त्रणमा लिएको हो ।


मटेरुवाबाट सादा पोसाकमा खटिएका प्रहरीले सोधपुछ तथा चेकजाच गर्ने क्रममा प्रहरीमाथी उल्टै गालीगलौज गर्दै बलजस्ती गरेको आरोप ती महिलालाई नियन्त्रण लिई अनुन्धानन गरिएरहेको मोरङ प्रहरी प्रवत्ता डिएसपी मान बहादुर राईले जानकारी दिनुभयो । अवैध बाटो हुँदै नेपाल ल्यार्इएका खसी बोकालाई मटेरुवा प्रहरीले नियन्त्रणमा लिन खोज्दा ती महिलाको समुह र प्रहरीबीच केही तनाव उत्पन्न समेत भएको थियो । प्रहरीले त्यही समुहमा रहेका व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा खसी छोडेर अर्की महिला भने फरार भएकी थिईन् ।


नियन्त्रणमा रहेकी महिलाले भने भारतबाट नभई नेपालमा नै खरिद गरेको अनुन्धानका क्रममा प्रहरी समक्ष बताएकी छिन् । यद्यपी ती महिला यस अघि पनि नेपाल भारत खसी बोकाको कारोबार गर्दै आएको बुझिएको छ ।

 


प्रहरी नियन्त्रण लिएका खसी तथा बोकाहरुलाई क्वारेन्टाईन चेकजाच गरी भन्सार कार्यलय विराटनगरमा बुझाएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो । लकडाउनको बेला भन्सार छली करिब २० हजार बढी मुल्य बराबरका खसी बोका ट्यापो रिर्जाब गरी नेपाल ल्याउदै गर्दा फेला पारेको मोरङ प्रहरीले जनाएको छ ।

कोराना भाइरस (कोभिड १९ ) को उच्च जोखिम तथा नियन्त्रणका लागि हाल लकडाउनसंगै सिमा नाकाहरु शिल गरिएको छ । यद्यपी अझै पनि प्रहरीको आखा छल्दै भारतबाट चोरी तस्कारीका घटनाहरु बढीरहेको यस घटनाले देखाउदछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्