लियोनल मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किने भए

<span class='c1'>लियोनल मेस्सी बार्सिलोनाको</span> <span class='c2'>प्रशिक्षणमा फर्किने भए</span>

एजेन्सी । कप्तान लियोनल मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किने भएका छन् । क्लब छाड्न चाहेका मेस्सी अन्तः क्याम्प नाउमै रहने भएपछि उनी सोमबारबाट प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा सहभागी हुने भएका हुन् ।

मेस्सी शुक्रबार घोषणा गरे कि उनी अर्को सिजनका लागि क्याम्प नाउमै बस्‍नेछ । उनले कानुनी झमेलालाई छोड्दै आफू क्लबमै बस्ने घोषणा गरेका थिए ।

निःशुल्क स्थानान्तरण हुन खोजेका मेस्सीका लागि क्लबले ७ सय मिलियन युरो रिलिज क्लब तोकेपछि उनका लागि अन्य क्लब सोही रिलिज क्लज तिर्न असम्भव भएको भन्दै बार्सिलोनामै बस्ने निर्णय गरेका थिए ।

बार्सिलोनाले मेस्सीलाई फ्री ट्रान्सफरका लागि जुन १० भित्र भनिसक्नु पर्नेभन्दै, उक्त म्याद नाघेकाले उनका लागि ७ सय मिलियन युरो तोकेको बताएको थियो । अब मेस्सी नयाँ सिजन २०२०-२१ का लागि बार्सिलोनामै रहनेछन् । यससँगै उनी सोमबारदेखि प्रि-सिजन प्रशिक्षणको लागि क्लबमा फर्किनेछ बताइएको छ ।

उनी पहिलोपटक नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा प्रशिक्षण गर्नेछ । च्याम्पियन्स लिगमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँगको पराजयपछि मुख्य प्रशिक्षक सेटिनलाई बर्खास्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्