इटलीको कोरोनाबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि विद्यालयहरु सूचारु

इटलीको कोरोनाबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि विद्यालयहरु सूचारु

इटलीको कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु सूचारु भएका छन् ।

देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१ देखि विद्यालय जान नपाएकोमा सोमबारी देखि विद्यालय प्रवेश गरेका हुन् ।

देशको उत्तरी क्षेत्रमा पर्ने यस ठाउँमा त्यसबेला देखि केही समय कोरोनाभाइरसको महामारी उत्कर्षमा पुगेको थियो ।

इटलीमा दुई महिनासम्म अति कडा लकडाउन लागु गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए ।

यहाँका धेरै बालबालिकाहरुले कोरोनाका कारण हजुरबुवा हजुर आमा गुमाएका छन् भने कतिपयले अन्य आफन्तहरु पनि गुमाएका छन् ।

विद्यालय खुल्नु लकडाउन पूर्वको अवस्थामा लैजानका लागि महत्वपूर्ण कदम भएको स्थानीय विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्