अनलाइन अध्यापनमा महशुशिकरण गरिएको समस्याहरु र समाधान

अनलाइन अध्यापनमा महशुशिकरण गरिएको समस्याहरु र समाधान

शैक्षिक संस्था र शिक्षकहरुको उपलब्धि विद्यार्थीहरुले गरेंका शैक्षिक उपलब्धि संग गासिएको हुन्छ | कुनै पनि सैक्षिक संस्थाबाट बोर्ड फर्स्ट वा प्रदेश फर्स्ट आएको छ भने त्यो संस्थामा पढने विद्यार्थीहरुहरु र शिक्षकहरुको मान इज्जतनै निकै सराहनीय हुन्छ | हुनत निकै राम्रो नतिजा ल्याउनको पछाडी शिक्षक, विद्यार्थीहरु,कुसल ब्यबस्थापन, राम्रो प्रशासन, अभिभावक र उसले पाइरहेको बातावरणले ठुलो भूमिका खेलिरहेको हुन्छ| बिधार्थिहरु बिना शिक्षक र शिक्षक बिना विद्यार्थीहरुहरुको शैक्षिक जीवन अपुरो हुन्छ | शैक्षिक संस्था ,शिक्षक र विद्यार्थीहरु एक अर्काको परिपुरक हुन् | त्यसैले एक अर्काको साथमा साथ र हातमा हात मिलाएर जानु पर्छ | एकले अर्कालाई हतोसाहित नगरी प्रोत्साहित गर्नु पर्छ यसैमा सबैको भलो हुन्छ |

 

अहिलेको समय अबस्था धेरै फरक छ | केहि विश्व बिधालयमा अनलाई पढाई स्वीकारयोग्य छ | पाठयक्रममै तोकिएको हुनाले शिक्षक विद्यार्थीहरुहरु भौतिक, शारीरिक, मानसिक र सामाजिक रुपमै तयारी रहेको हुन्छ | उनीहरुलाई सहज र सजिलो हुन्छ | तर धेरै संकायहरुलाई अनलाइन कक्षा गर्ने पाठ्यक्रममा उल्लेख नभएपनि बर्तमान महामारीको कारणले अनलाइन कक्षा संचालन गर्नुपर्ने  बध्यातममक परिश्थिति पनि छ | एक तिर भविष्यको चिन्ता अर्को तिर महामारी संक्रमण र यसले हुनसक्ने क्षतिको पिडा पनि छदै छ | अनि अनलाईन कक्षा गर्ने पर्ने स्थिथि छ |

अनलाइन अध्यापनलाइ नै मान्यता दिने सुचना पनि प्रकाशित भैसकेको अबस्था छ | त्यही अनुरुप शिक्षक र विद्यार्थीहरु अनलाइन कक्षामा सहभागी भएर सिकाइलाई निरन्तरता दिइरहेकोछ | ताकि शैक्षिक बातावरण निरन्तर चलिरहोस | सधै भरि यो  माहामारी सक्रमंले पढाइ पनि बन्द गरेर बस्न सकिदैन अब निश्चित मापदण्ड अपनाएर अगाडी बढ्नुको बिकल्प छैन |

शिक्षकको प्राबिधिक ज्ञानको दौडमा विद्यार्थीहरु मध्य कोहि संगसंगै जान संक्छ तर कोहि पछाडी पनि हुनसक्छ यस्तो भएको खण्डमा कमजोर बिधार्थी वा प्राबिधिक ज्ञान कम भएकोलाइ सगै लानु पर्ने दायित्व शिक्षकको हुन्छ भने सिक्ने भोख  बिधार्थीमा पनि जागृत हुनुपर्दछ | सिकाइ यस्तो प्रक्रिया हो जो जिबन भर चलिरहन्छ  |

यो जुम एप  वा माइक्रो सफट अफिस टिम  धेरैले भर्खर सिक्दै पढाउदै छौ अनि पढ्दै छौ | अन लाइन कक्षा नचाहेर पनि लिईरहेको छौ  | अनि नयाँ नौलो प्राबिधिक उपकरणमा  बाधा कठिनाइ र समस्या आउनु स्वाभाविक हो तर यो कठिनाइलाई सिक्ने अवसरको रुपमा लिनु पर्छ | सिकेर कोहि सानो हुदैन अझ हामी आजको आधुनिक युगमा अधिनुक प्रबिधि संग प्ररिचित हुन आबश्यक छ |

अनलाइन कक्षामा सबैजना  शारिरिक, मानशिक,रुपले तयारी भइ  औपचारिक पोसाक, उपयुक्त् पोजिसन , भिडिओ अन गरेरे बस्नु पर्ने हो जसले गर्दा कक्षा कोठामै बसेको अनुभूति गरोस यसले पढने सोचलाई सकारात्मक उर्जा प्रदान गर्दछ | अनलाइन शिक्षाका आफनै किसिमका  फाइदा बेफाइदा होलान तर यहाँ मेरो निजि अनुभबको आधारमा केहि समस्या र समाधानाका उपाय राखने प्रयास गरेको छु |

बिद्यार्थीहरुको दृष्टीकोण बाट देखिएका केहि समस्याहरु |

१ अनलाइन शिक्षाकोलागि चाहिने राम्रो मोबाइल, ल्यापटप सबै बिधार्थीको पहुच नहुनु |

२ एकजनाको घरमा धेरैजना पढने भएको खण्डमा प्रत्येक विद्यार्थीहरुलाइ उपकरण उपलब्ध हुन नसक्नु |

३ बिजुली बत्ती, इन्टरनेटको अशुविधा हुनु |

५ नेटको पहुच र अर्थको समस्या हुनु |

६ प्राबिधिक ज्ञानंको कमी हुनु | (साइन इन , मुइट, अन मुइट, रिनेम ,स्क्रीन शेयेर, स्कान , इत्यादि )

७ मोबाइल डाटा महगो हुनु , कहिले काही बिना जानकारी रकम काटिनु |

८ घरको वातावंरण शैक्षिक अनुकुल नहुनु |

९ पाठ्य बस्तुको तयारी , गृह कार्य नगर्नु |

१० अन लाइनको लागि शारीरिक, मानशिक रुपमा तयारि हुन् नसक्न|

शिक्षकको दृष्टीकोण बाट देखिएका केहि  समस्याहरुनु

१ बिधार्थीको उपस्थिति कम हुनु |

२ बिजुली बती ( इनभटर नभएको लागि ), नेट नहुनु , भएपनि नेटको गति कम्जोर हुनु|

३ कक्षा संचालनको बीच बीचमा आउनसक्ने हल्ला वा आवाजहरु |

४ एक पल्ट धेरै जना बोल्न खोज्दा हुन् सक्ने समस्या|

५ बिषयबस्तुको  लिखित तयारि नहुनु |

६ विद्यार्थीहरुसंग प्राबिधिक अप्ठ्यारोमा  सहयोग गर्ने सोच नहुनु |

७ पूर्ण प्राबिधिक ज्ञानको कमि हुनु |

८ भनेको बेला बिधार्थी नबोल्नु , तयारि अबस्थामा नरहनु |

९ अर्थको कमि  हुनु |

समाधानको उपायहरु

१ कुनै पनि समस्या सामाधानको लागि सम्बन्धित सबै पक्ष बीच उचित सहकार्य र समन्वय को आबश्यक पर्छ |सबै पक्ष अनुशाशित, जिम्मेबारी, जबाफदेही र आफनो कार्य प्रति निष्ठावान हुने |

१ आफ्नो महत्वपूर्ण शैक्षिक नोटहरु  मोबाइलमा राखने ताकी बती गएपनि मोबाइलको डाटाबाट चलाउन सकियोस |

२ अनाबस्यक अन्य खर्च कम गरि  नेट वा मोबाइल डाटा चलाउन सकिन्छ|

३ मोबाइल डाटा लामो समयको लागि लिने, अनाबस्यक रकम काटेको ग्राहक केन्द्रमा सम्पर्क  गर्ने |

४ वाइफाईको गति कम्जोर भए अफिसमा जानकारी दिने |

५ प्राबिधिक कठिनाइ भए एक अर्काबाट सहयोग लिने, अनुरोध गर्ने |

६ सिक्न र सच्चिन समय दिने |

७ प्राबिधिक ज्ञानको बारे पूर्ण रुपमा सिक्न र सिकाउन तत्पर हुने |

८ कक्षाको समयमा घरका अन्य सदस्यलाई सकभर इन्टरनेटको काम नगर्न अनुरोध गर्ने |

९ अन लाइन कक्षाकोलागि शारीरिक , मानशिक रुपमा तयारि रहने |

१० समस्यालाइ बोझ नमानी सिक्ने अबसरको रुपमा लिने र सिक्ने |

११ पढने समयमा परिवारले साथ् र सहयोग गर्ने, अनावस्यक ध्वोनी प्रदुषण नगर्न अनुरोध गर्ने |

१२ फ्री बाला जूम एप चलाउने |

शिक्षक , विद्यार्थी , विद्यालय प्रशासन एक अर्काको परिपुरक हुन् , बिदयालय मन्दिर,शिक्षक पुजारीहुन् र बिधार्थी भक्तजन हुन् | एक अर्काको साथ र सहयोग बिना शैक्षिक जिबन अपुरो हुने भएकोले हरेक बेला उचित सुमधुर सम्बन्धको जरुरि पर्छ | शिक्षकले विधार्थीलाई डराएर पढाउनु भन्दा सहानुभुती एबम माया गरेर सिकाउनु पर्छ|

(प्राध्यापक कोशी हेल्थ साइन्स क्याम्पस बिराटनगर)

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्