बिल गेट्सका पिताको निधन

<span class='c1'>बिल गेट्सका</span> <span class='c2'>पिताको निधन</span>

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उहाँको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

उहाँ अल्जाइमरको विरामी हुनुहुन्थ्यो । विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो ।उहाँको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताउनुभयो । उहाँको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताउनुभएको छ ।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उहाँको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाउनु भएको छ । विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल हुनुहुन्थ्यो । उहाँ ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्